दाङको राप्ति नदिको बाढीमा एक जना वेपत्ता, दुई जनाको उद्दार

बुटवल । दाङको राप्ती नदीमा आएको बाढीमा एक जना बेपत्ता भएका छन् । दुई जनाको सकुशल उद्धार गरिएको छ । लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको हो ।

दूध बिक्री गर्न लमही पुगेर फर्किने क्रममा राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता हुनुभएको हो ।

सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुन खोलाबाट खटिएका सुरक्षाकर्मीले राजपुर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Back to top button