लिग बिजेता खेलाडीलाई सम्राट स्पोर्टिङ क्लबको सम्मान

विराटनगर । यस वर्षको मोरङ जिल्ला ए डिभिजन लिग विजेता आफ्ना खेलाडीलाई सम्राट स्पोर्टिङ क्लबले सम्मान गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले खेलाडीहरुलाई सम्मान गर्नुभएको हो । क्लवले खेलाडीसहित क्लवलाई सहयोग गर्नेहरुलाई समेत सम्मान गरेको क्लवका अध्यक्ष किरण गिरीले बताउनुभयो ।

उहाँका अनुसार क्लवलाई आर्थिक सहयोग गर्नेहरु व्यवसायी मनोज चौहान, कोहिनुर प्लाइ, जानकी पोलिटेंक, विराटनगर वडा कार्यालय –१, संघीय सांसद अमनलाल मोदि, पूर्वप्रधानपञ्च रामकृष्ण भट्टराई, उद्योगी नरेश राठी , समाजसेवीहरु डम्बर राई, राजिव निरौला, कुमार खतिवडा, न्युरो हस्पिटल, एजेलिया स्कुल, व्यवसायी ओम शर्मा र पारस हस्पिटललाई सम्मान गरेको छ ।

त्यस्तै सर्कल अफ फिफ्थ म्यूजिकल ब्याण्डलाई पनि क्वले सम्मान गरेको छ । सम्मानित बिजेता खेलाडीहरुलाई मुख्यमन्त्री कार्कीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो भने क्लवका सहयोगी दाताहरुलाई मायाको चिनो र सम्मानपत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा संरक्षक सन्तोष बानियाँ, विराटनगर महानगर वडा नं. ३ का अध्यक्ष बासु बस्नेत, सोहि वडाका पूर्व वडाअध्यक्ष विनोद बस्नेत, युवा समाजसेवी कृष्ण कार्कीलगायतको उपस्थिती थियो ।

Back to top button