देशभर बाढी–पहिरो, डुवानः हालसम्म ७८ जनाको मृत्यु, ९० जना घाइते

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी–पहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोमा परेर ७८ जनाको मृत्यु हुनुका साथै ९० जना घाइते र ५ जना वेपत्ता छन् ।

यस्तै, बाढी–पहिरोका कारण ३ सय ८१ पशु चौपाय मरेका छन् भने ९८ गोठमा क्षति पुगेको छ । यसैगरी ५ सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति ५ हजार ४१ प्रहरी परिचालन गरिएको छ । बाढी–पहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ ।

यस्तै,१ सय ६१ घर डुबानमा परेका र १ सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण देशभर १ हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार ७ सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

Back to top button