एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भोलि (बुधबार) सम्मका लागि स्थगित गरिएको छ । आज पार्टी कार्यालय च्यासलमा बोलाइएको बैठक तयारी नपुगेको भन्दै भोलि बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो ।

एमालेले पार्टीको नयाँ कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको छ । जसअनुसार नेताहरूको पुरानो जिम्मेवारी हेरफेर गर्नेसमेत तयारी भएको छ । भोलि बस्ने बैठकमा पार्टीको आन्तरिक एजेण्डका साथै कांग्रेससँग भएको सहमतिका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन् ।

Back to top button