उदयपुरमा पहिरोमा परी १ जनाको मृत्यु, २ जना घाइते

गाईघाट । गएरातिदेखिको निरन्तर वर्षाका कारण गएको पहिरोमा परी त्रियुगा नगरपालिका–१५ तोरीबारीका १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार ८ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका ७ वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्। गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

तोरीबारीमा पहिरोले ४ घर पुरेको छ भने अन्य ५ घर उच्च जोखिममा छन्।

Back to top button