एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।

दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकाल्नु भएको थियो। सोही कारण आज मंगलबारका लागि तय भएको एमाले सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

‘अध्यक्षज्यूलाई दाँतले दुःख दिएको थियो। त्यो दाँत सोमबार निकालिएको छ’, अध्यक्ष ओलीको सचिवालयले भन्यो,‘आजको बैठकमा बोल्दा थप समस्या हुनसक्छ भनेर बैठक बुधबारलाई सारिएको हो।’

अध्यक्ष ओलीले अहिले बालकोट निवासमै आराम गरिरहनु भएको सचिवालयले जनाएको छ ।

Back to top button