प्रचण्डको दोहोरो चरित्रले गर्दा सरकार विघटनको अवस्थामा पुगेको हो : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पुष्पकमल दाहाल‘प्रचण्ड’ले पहल गरिरहेको बताउनुभएको छ ।

पार्टी कार्यालय च्यासलमा आज बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताउनुभएको हो ।

उहाँले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने गरि भएका कामका कारण अहिलेको परिस्थिति पैदा भएको धारणा राख्नुभयो ।

भ्रष्टाचार,अस्थीरतालगायत स्वार्थपेरित काम पनि देखिएको उहाँले भनाइ छ । ओलीले संविधानलाई गतिशिल बनाउनका लागि आवश्यकता अनुसार परिमार्जन गर्नेगरि कांग्रेससँग सहमति भएको भन्दै आयोग बनाउने कुरा बाहिर आएका हल्लामात्रै भएको उल्लेख गर्नुभयो।

उहाँले कांग्रेस–एमालेबीच समान रुपमा मन्त्रालयको बाँडफाँट हुने हैसियतका आधारमा अन्य दललाई पनि सरकारमा सहभागीता गराउने जिकिर गर्नुभयो। ओलीले अब बन्ने सरकारले देशको आर्थिक विकासका साथै अन्य समस्याको समाधानमा ध्यान केन्द्रीत गर्ने दावी गर्नुभयो ।

Back to top button