मन्त्रीबारे निर्णय गर्न शेखर–गगन समूहको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक जारी छ ।

पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट सरकारमा मन्त्री पठाउने विषयमा कोइराला पक्षका नेताहरूको बैठक बसेको हो ।

कोइरालाको विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा.मिनेन्द्र रिजाल र डा.चन्द्र भण्डारी सहभागी हुनुहुन्छ ।

Back to top button