११ बजे बस्ने भनिएको माओवादी केन्द्रको बैठक १ बजेलाई सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक सरेको छ । बिहान ११ बजेका लागि बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो ।

संक्रमणकाली न्याय (टीआरसी) को सहजीकरणका लागि गठित संयन्त्रको बैठक बिहान बस्ने भएकाले माओवादी पदाधिकारी बैठक सरेको माओवादी केन्द्रले जनाएको छ ।

संयन्त्रको बठक गृहमन्त्रालयमा जारी छ। पछिल्ला राजनीतिक र समसामयिक विषयहरूमा छलफल गर्नका लागि बैठक डाकिएको थियो।

Back to top button