कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के–के छन् एजेण्डा?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्ने गरी अघि बढाएका विषय र पदाधिकारी बैठकले गरेका निर्णयमाथि छलफल र अनुमोदन हुने बताइएको छ।

बैठकले सरकार सञ्चालन र संगठन निर्माणका विषयमा छलफल हुनेछ। बैठकले पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने तयारीका विषयमा समेत छलफल हुनेछ।

Back to top button