एमाले सांसदले मागे उपसभामुख रानाको राजीनामा

काठमाडौं । नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्यप्रसाद ढकालले सदनभित्र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गर्नुभयो।

‘सदनभित्र र बाहिर पनि नैतिकताको कुरा उठेको छ, पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ,’ ढकालले भन्नुभयो,‘सदन र सदन बाहिर कुरा उठेपछि उपसभामुखले मार्ग प्रशस्त गर्न अर्थात् राजीनामा दिनको लागि आग्रह गर्छु।’

उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा असम्बन्धित व्यक्तिलाई सहभागी गराउन अमेरिकी दूतावासलाई पत्र लेख्नुभएको थियो।

Back to top button