
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभएको छ ।
आज जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको र कुनै समस्या नरहेको बताउनुभएको हो ।
सभापति देउवाले सत्ता गठबन्धन २०८४ सम्म निरन्तर चल्ने उल्लेख गनुभयो । यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताउनुभयो ।







