सुनको मूल्य २६ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

विराटनगर । नेपाली बजारमा सुनको मूल्य आज २६ सयले घटेको छ । अघिल्लो दिन मंगलबार ४ हजार ९०० ले बढेको थियो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज २६ सयले घटेर एक तोला सुनको मूल्य २ लाख ४४ हजार ३०० कायम भएको छ ।

सुनको मूल्य घटे पनि चाँदीको भाउ भने सामान्य वृद्धि भएको छ । महासंघका अनुसार ५ रुपैयाँले बढेर प्रतितोला चाँदी ३ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार एक तोला चाँदी ३ हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Back to top button