
विराटनगर । दक्षिण कोरियामा ट्रकले ठक्कर दिँदा झापाकी २२ वर्षीया मनीषा दाहालको मृत्यु भएको छ ।
दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावासका अनुसार ओन्जु सहरमा सडक पार गर्ने क्रममा दाहाललाई शनिबार ट्रकले ठक्कर दिएको थियो।
गम्भीर घाइते अवस्थामा त्यहाँको वनजु सेब्रान्स क्रिस्चियन अस्पताल पुर्याइए पनि उपचारका क्रममा आइतबार दाहालको मृत्यु भएको हो ।
उहाँ एक वर्षअघि दक्षिण कोरियाको फार इस्ट युनिभर्सिटीमा अध्ययन गर्न त्यसतर्फ जानुभएको थियो ।
दुर्घटनामा उहाँको निधन भएपछि शव नेपाल ल्याउने प्रक्रिया अहिले अघि बढाइएको छ ।







