
विराटनगर । कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्काको नाम सिफारिस भएको छ । उहाँ संघीय संसदकाे अवकास प्राप्त सचिव हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहमतिमा सभामुख अम्बरबहादुर विष्टले खड्काको नाम प्रदेशसभा सचिवमा सिफारिस गर्नुभएको हो । प्रदेश प्रमुखले नियुक्त गरेपछि आजै शपथ ग्रहण गराउने तयारी छ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि तत्कालिन सचिव गोपालप्रसाद पराजुलीले राजीनामा दिएपछि प्रदेशसभा सचिवकाे पद रिक्त थियाे ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार प्रदेशसभा सचिवको शपथग्रहण आज दिउँसो ३ बजे गर्ने तयारी छ । उहाँका अनुसार सचिवालयको नयाँ भवन कृषि बजारमा शपथग्रहण हुनेछ ।







