
काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावल र नेपाली कम्युनिष्ट पार्टीबिच एकता भएको छ । आज दिउँसो पेरिसडाँडामा ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिसँगै आजै राष्ट्रिय सभागृहमा आयोजित ‘बृहत् पार्टी समायोजन कार्यक्रम’बाट रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनुहुनेछ ।
राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा तथा देशलाई सवल र जनतालाई समृद्ध तुल्याउनु पर्ने चुनौती रहेको पत्रमा उल्लेख छ ।
सहमति पत्रमा आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने उल्लेख छ ।
हेर्नुहोस् सहमतिपत्रः








