
काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबिच छलफल जारी छ । आसन्न निर्वाचन र आचारसंहिताबारे दलहरूसँग आयोगले छलफल गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको तयारी र दलहरूको अपेक्षाका सम्बन्धमा पनि छलफल हुने बताउनुभयो ।
आयोगको केन्द्रीय कार्यालयमा भएको छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा.जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा सहभागी हुनुहुन्छ ।
राजनीतिक दलहरूको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल, नेकपा (एमाले)का खगराज अधिकारी, र नेपाल कम्युनिस्ट पार्टीका लिलामणि पोखरेललगायतका नेताहरू उपस्थित हुनुहुन्छ ।
आयोगले यसअघि पनि आगामी निर्वाचनका तयारीबारे दलहरुसँग प्रारम्भिक छलफल गरेको थियो । अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति तोकेपछि आयोगले दलहरूबीच सहमति र समन्वयका लागि दोस्रो चरणको संवाद अघि बढाएको हो ।







