सीएनआई कोशीमा मोरङका एसपी र प्रमुख कर अधिकृतलाई स्वागत

विराटनगर। नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवाल र अन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत केशव उप्रेतीलाई स्वागत गरेको छ। आज सीएनआई कोशीले विराटनगरस्थित सचिवालयमा हालै मोरङमा सरुवा भएर आउनु भएका कटुवाल र उप्रेतीको स्वागत गरेको हो।

स्वागत कार्यक्रममा बोल्दै सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारदाले कटुवाल र उप्रेतीलाई मोरङ बसाईको क्रममा उद्योगी-व्यापारीहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। उहाँले राष्ट्र निर्माणमा सरकारी र निजी क्षेत्रको सहकार्य अपरिहार्य हुने भन्दै दुवै क्षेत्रबीच आपसी मेलमिलाप र सद्भाव हुन जरुरी रहेको धारणा व्यक्त गर्नु भएको थियो।

सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले कटुवाल र उप्रेतीलाई सुखद कार्यकालको कामना गर्दै सरकारी क्षेत्रले निजी क्षेत्रलाई महत्व साझेदारको रुपमा ग्रहण गर्दै निजी क्षेत्रको मनोबल उकास्ने गरि कार्य गर्न सुझाव व्यक्त गर्नु भएको थियो।

त्यस्तै, सीएनआई कोशीले नेपाल विद्युत प्राधिकरणको कोशी प्रदेश निर्देशक राजीव सिंहलाई बिदाई समेत गरेको छ। प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख सिंहले प्रदेशमा रहँदा निजी क्षेत्रलाई गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै सम्मानपत्रसहित बिदाई गरेको सीएनआई कोशीका महानिर्देशक विजय हरि शर्माले जानकारी दिनु भयो।

Back to top button