
विराटनगर । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैँयाले बढेको हो ।
यससँगै आज सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य ४ हजार ९८५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।







