हिमलुङ हिमपहिरोमा हराएका गोरखाका दुईजना मृत फेला

गोरखा । गत आइतबार नार्पाभूमि–५ मनाङस्थित हिमलुङ आधार शिविरको हिउँ पहिरोमा वेपत्ता भएका गोरखाका दुईजनाको शव भेटिएको छ ।

वेपत्ता भएका धार्चे गाउँपालिका–२ केरौंजाका गाउँका ४५ वर्षीय आशबहादुर गुरुङको शव बुधबार दिउँसो र ३२ वर्षीय वीरेन्द्र गुरुङको शव गत सोमबार भेटिएको उहाँहरुका आफन्त अर्जुन गुरुङले जानकारी दिनुभयो ।

वीरेन्द्रको शव शिक्षण अस्पतालमा पोस्टमार्टम गरी आज गाउँमा ल्याउने तयारी भएको उहाँले बताउनुभयो । आशबहादुरको शव भने मनाङमै रहेको छ ।

वीरेन्द्र गुरुङ हिमालयन होलिडेज कम्पनीका बेसक्याप सहयोगीका रुपमा र आशबहादुर गुरुङ इम्याजिन नेपाल एक्पिडिशन प्रालिबाट गाइड तथा कुकम्यानको कामका लागि त्यसतर्फ जानुभएको थियो ।

Back to top button