
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ । उहाँका केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो ।
विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको जनाइएको छ ।
उहाँले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेट्ने कार्यक्रम रहेको छ । आजैदेखि भेटघाट सुरु गर्ने भारतीय विदेश सचिव मिश्री भोलि नयाँदिल्ली फर्किने कार्यक्रम छ ।







