प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबिच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच छलफल जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली छलफल भइरहँदा लामिछाने पनि पुग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री एवं रास्वपाका सभापति लामिछानेबीच अहिले छलफल भइरहेको छ । उक्त छलफलमा जसपाका नेता पनि सहभागी छन्।

सिंहदरबारमा जारी छलफलमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल भएको बताइएको छ । यस्तै सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलको बाटो खुलाउने र आगामी बजेटबारे पनि कुराकानी हुने बताइएको छ ।

Back to top button