![](https://koshisandesh.com/wp-content/uploads/2022/05/sherbdeuba.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2022/05/sherbdeuba.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको छ । उहाँले भोली दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको हो ।
बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर, यो अवधिभित्र मुस्लिम संघ र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ ।
यस्तै, कांग्रेसका ११ वटा भ्रातृ संस्थाको तदर्थ समितिमै सीमित रहेको छ ।