
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार आज ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । शुक्रबारको प्रतिनिधिसभा बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गर्नुभएको थियो । प्रधानमन्त्री नियुक्त हुनुभएको ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।







