पत्रकार श्रेष्ठको रिहाइ माग गर्दै धर्ना

काठमाडौं । समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेपछि नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघले श्रेष्ठको रिहाइको माग गर्दै काठमाडौं प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको हो।

वरिष्ठ पत्रकार श्रेष्ठलाई बुधबार राति ९ बजे काठमाडौं प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । समाचार संकलन तथा प्रकाशनका आधारमा पत्रकारलाई पक्राउ गरिएको भन्दै महासंघले तत्काल रिहाइको माग राखेर प्रदर्शन थालेको छ ।

Back to top button