मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध

विराटनगर । मोरङ उद्योग व्यापार संघको ३५ औँ कार्य समिति निर्विरोध निर्वाचित भएको छ । संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध चयन हुनुभएको छ ।

साहको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नयाँ कार्यसमितिमा सदस्यतर्फ सुशील सुराना, अनिल सारडा, विनीत सिंघानिया, दीपेश सुवेदी, विवेककुमार अग्रवाल, विकासकुमार बेगवानी र अन्वित घिमिरे निर्वाचित हुनुभएको छ ।

त्यस्तै, अमितकुमार सारडा, पवन राठी, मनिषकुमार मारु, अमित राठी, राजेशकुमार अग्रवाल, संजयकुमार श्रेष्ठ, देवाशिष गोल्छा र वेदान्त जाजु निर्विरोध निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिको बैठकले उपाध्यक्ष, महासचिवलगायत अन्य पदाधिकारीको जिम्मेवारीसमेत चयन गर्ने जनाइएको छ ।

नयाँ नेतृत्वले विराटनगर तथा मोरङको उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधान, लगानी प्रवर्द्धन र व्यवसायमैत्री वातावरण निर्माणमा प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ ।

Back to top button