कांग्रेस सभापतिमा थापा निर्वाचित, अरु पदाधिकारीको दिउँसोदेखि मतगणना हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा सभापति पदमा निकै फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।

१५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापतिमा विजयी हुनुभएको हो । सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

कुल ७ हजार ३९ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ । थापालाई निर्विरोध बनाउन प्रयास गरिए पनि खड्गी तयार नभएकोले रोकिएको थियो । सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठोरलाई भने थापालाई निर्विरोध बनाउने भन्दै फिर्ता गराइएको थियो । बाँकी पदाधिकारीको मतगणना भने आज दिउँसोबाट सुरु हुने बताइएको छ ।

Back to top button