काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले १२ देखि १८ वर्ष उमेरकोलाई खोप लगाउन १ करोड डोज खोपको सुनिश्चितता भएको बताउनुभएको छ ।
आज प्रतिनिधी सभामा बोल्दै राज्यमन्त्री श्रेष्ठले सरकारले एडीबी र विश्व बैंकको आर्थिक सहयोगमा आवश्यक खोप खरिद गर्ने बताउदै सो जानकारी दिनुभएको हो । उहाले मुलुकको ३३ प्रतिशत जनसंख्यालाई लगाइने खोप सुनिश्चित भएको बताउनुभएको छ ।
उहाँले खोप व्यवस्थापन गर्न नसकिएकाले कक्षा १२ को परीक्षा पछाडी धकेलिएको बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले खोपका कारण अहिलेको स्थितीमा परिक्षा गराउन सक्ने अबस्था नभएको बताउदै आन्तरिक मूल्यांकनको आधारमा परीक्षा संचालन गर्ने बारे सरकारले सोचिरहेको बताउनुभयो ।
उहाले मुलुकका ७७ वटै जिल्ला र काठमाडौंका १० खोप केन्द्रबाट क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण हुने समेत बताउनुभयो ।