लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बुद्धपूर्णिमाका दिन लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी भएर अपराह्न सोदेश फर्किनुभएको छ ।
उहाँ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर लुम्बिनी जयन्तीम आयोजित थुप्रै कार्यक्रममा सहभागी भएर भारत फर्किनुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीको उपस्थितिमा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी भएको हो।
भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौं विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
त्यस्तै, अरुण चौथोको निर्माण नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनी सतलजले गर्ने समझदारी पनि भ्रमणका क्रममा भएको छ।