
विराटनगर । प्रदेश १ प्रमुख सोमनाथ अधिकारीले आज प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गते आाह्वान गर्नुभएको छ । प्रदेश सरकारले मन्त्रिपरिषदको आज बसेको बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अधिकारी समक्ष सिफारिस गरेको थियो ।
बजेट ल्याउनुभन्दा १५ दिन अगाबै सक्ने व्यवस्था अनुसार पूर्वबजेट छलफलका लागि विपक्षी दलहरुले बजेट अधिवेशन आह्वानका गर्न दवाव दिदै आएका थिए ।
मुख्यमन्त्री शेरधन राईले विपक्षी दलहरुसँग छलफल गरेर अध्यादेशमार्फत १५ अगाडि पूर्व बजेट छलफल गर्ने व्यवस्थालाई ५ दिनमा कायम गरेर अधिवेशन आह्वानका लागि सिफारिस गर्नुभएको थियो ।