प्रधानमन्त्री प्रचण्ड मोरङमा

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुग्नुभएको हो ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२ औं दीक्षान्त समारोहका लागि उहाँ यहाँ आउनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए।

Back to top button