उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको उहाँका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिनुभयो । मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूप्रति विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले ग्यास उद्योगीहरूलाई दिएको अभिव्यक्ति प्रति गम्भिर आलोचना भएको थियो । मन्त्रीको उक्त अभिव्यक्तिको नेपाल उद्योग वाणिज्य महासंघले समेत विरोध गरेको थियो ।

महासंघले उद्योगी–व्यवसायीप्रति जिम्मेवार र मर्यादित अभिव्यक्ति दिन सरकारका मन्त्री तथा पदाधिकारीलाई आग्रह गरेको थियो । विवादास्पद अभिव्यक्तिको आलोचना भइरहेका बेला मन्त्री यादवले राजीनामा दिनुभएको हो । उहाँको राजीनामा स्वीकृत भइसकेको वा नभइसकेकोबारे भने थप विवरण सार्वजनिक भएको छैन ।

Back to top button