
विराटनगर । सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनःस्थापनाको फैसलाविरुद्ध नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ, अनेरास्ववियू, नेपाल खेलकुद महासंघ मोरङले सोमबार विराटनगरमा आन्दोलन गरेका छन् ।
आन्दोलनकारीहरुले संविधानको सर्वोच्चता कायम गर्नुपर्ने भन्दै मैनबत्ती बालेर संविधान पढेका थिए । उनीहरुले अदालतको सबै फैसला मानदिनलगायतका नारा लगाएका थिए ।