
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंने कार्यसूचि रहेको छ ।