संसदमा अप्रिय घटना भए त्यसको जिम्मा सभामुख र सत्तापक्षले लिनुपर्छ : एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख र सत्तापक्ष एकलौटी ढंगले अघि बढ्न खोज्दा संसदमा अवरोध गर्नुपरेको जनाएको छ । साथै सो पार्टीले भोलि संसदमा अप्रिय घटना भए त्यसको जिम्मेवार पनि सभामुख र सत्तापक्ष नै हुने चेतावनी दिएको छ ।

शनिबार बसेको एमाले स्थायी समिति बैठकले विभिन्न प्रस्ताव पास गर्दै यस्तो चेतावनी दिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो। । उहाँले सभामुखले समस्या समाधानमा चासो नदेखाएको पनि बताउनुभयो ।

सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएकोमा पनि एमालेले आपत्ति जनाएको छ । एमाले नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको एमालेको आरोप रहेको छ ।

Back to top button