बस र ट्रक ठोकिँदा तीन जनाको मृत्यु

काठमाडौं । यात्रुबाहक बस र मालबाहक ट्रक ठोकिँदा तीन जनाको मृत्यु भएको छ । २४ जना घाइते छन् । दुई महिला र एक पुरुषको मृत्यु भएको तर वहाँहरुको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरको गैंडाकोट १० मा सुदूरपश्चिम प्रदेश०२–००१ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रक आज बिहान ठोकिएको थियो ।

ट्रकको ठक्करले बस सडकदेखि १० फिट तल खस्दा उहाँहरुको मृत्यु भएको र २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले बताउनुभयो ।

घाइतेहरुको मेडिकल कलेज भरतपुर उपचारको भइरहेको उहाँले बताउनुभयो ।

Back to top button