रूपा सुनारमाथि जातीय विभेद गरेको ठहर , १ लाख १५ हजार रूपैयाँ धरौटी तिर्न अदालतकोआदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तनहुँकी रूपा सुनारमाथि कोठा भाडामा लिन जाँदा जातीय विभेद गरेको ठहर गरेको छ । अदालतले यसरी विभेद गर्ने बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई १लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासले उहाँलाई धरौटी तिर्न आदेश दिएको हो । बुधबार घरबेटी सरस्वती प्रधान अदालतमा हाजिर भएपछि थुनछेक बहस भएको थियो । बहसपछि अदालतले धरौटी तिर्न आदेश दिएको हो।

गत असार १ मा कोठा माग्न जानुभएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेको र आफूमाथि जातीय विभेद भएको दाबी गर्दै रूपाले मुद्दा दायर गर्नु भएको थियो ।

Back to top button