कानेपोखरी ४ मा युवा र महिला संघ गठन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, कानेपोखरी वडा ४ को वडा कमिटी शनिबार गठन भएको छ । युवाहरुको भेलाले सुरज तामाङको अध्यक्षतामा ९१ सदस्यीय कमिटी गठन गरिएको हो ।

नव गठित समितीको उपाध्यक्षमा तिर्थबहादुर घिमिरे, सचिवमा महेश कटुवाल, सहसचिवमा प्रताप राई र कोषाध्यक्षमा चागुँनारायण राई चयन हुनुभएको छ ।

यसैगरी, अखिल नेपाल महिला संघ कानेपोखरी वडा ४ को नयाँ कमिटीसमेत गठन भएको छ । नेकपा एमाले वडा ४ का अध्यक्ष दिनेश सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य प्रदेश सदस्य डिपि राईले गर्नुभएको थियो ।

प्रदेश १ का पुर्वराज्यमन्त्री राजकुमार ओझा, गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरीका अध्यक्ष दानबहादुर बस्नेत, युवा संघ मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, गाउँकमिटी सचिवालय सदस्यद्वय एवं ४ र ६ का वडा अध्यक्षहरू धनबहादुर राई र खडक बस्नेत, खेलकुद महासंघका केन्द्रीय सदस्य कुमार फुयाँल, युवासंघ गाउँ कमिटी संयोजक अशोक फुयाँल लगायतको उपस्थितीमा कमिटी गठन भएको छ ।

डिपि राईले नेकपा एमाले विकास र समृद्धिलाई आत्मसात गर्ने एकमात्र पार्टी भएको बताउनुभयो । ‘एमाले सरकारमा रहँदा होस् वा नरहँदा जुनसुकै अवस्थामा पनि जनताको साथमा रहेर निरन्तर काम गरिरहेको छ र गरिरहने छ,’ उहाँले भन्नुभयो, ‘विपक्षीको सरकार आएसँगै जनताको एकमात्र प्रमुख एजेन्डा धनीपुर्जा बिहिनलाई धनीपुर्जा दिने कार्य रोकिएको छ । यसलाई हामी तत्काल दबाब दिएर होस् वा खबरदारी गरेर पुनः सुचारु गराउने छौं ।’

Back to top button