ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ईलाम । ईलामको ईलाम नगरपालिका–१ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ताप्लेजुङ खुम्बेदिनका २३ वर्षीय राजेश नेपालको घटनास्थलमानै मृत्यु भएको हो ।

गएराती उत्तर तर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले रोकिराखेको अर्को ट्रकका सहचालक नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो ।

ट्रक र चालक पाँचथरका ३४ वर्षीय सुकमान राईलाई नियन्त्रणमा लिएको ईलाम प्रहरीले जनाएको छ ।

Back to top button