जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब–इञ्जिनियर घुस सहित पक्राउ

काठमाडौं । जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब–इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले सब–इञ्जिनियर दिपेन्द्रकुमार केसीलाई घुससहित पक्राउ गरेको हो ।

बुढानिलकण्ठ नगरपालिकास्थित खहरे खोला नियन्त्रणको लागि २० मिटर लम्बाइको कल्भर्ट निर्माणको ठेक्का सम्झौता भएको र त्यो काम कसेर अन्तिम बिल भुक्तानी गर्न बसुन्धरास्थित कार्यालय जाँदा जाहेरवालासँग सब–इञ्जिनियर केसीले ठेक्का सम्झौता आठ प्रतिशतले दुई लाख रूपैयाँ माग्नु भएको थियो ।

माग गरेको जाहेरीपछि अख्तियारबाट खटिएको टोलीले बसुन्धारास्थित कार्यालयबाट उनहाँलाई घुस रकमसहित पक्राउ गरेको हो।

Back to top button