काठमाडौं ।नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने तयारीमा जुट्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आजै राजीनामा दिने उहाँ निकट स्रोतले जनाएको छ ।
बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाउनु भएको थियो ।
उहाँ सांसद पनि हुनुहुन्न । उहाँ नाताले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान पर्नुहुन्छ । । मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ।
उनी असोज २२ गते मन्त्री नियुक्त भएका हुनु भएको थियो । उहाँ मन्त्री भएपछि कानुनविदहरूले पनि विरोध गरेका थिए।