बाढीपहिरो व्यवस्थापनका लागि सुदुरपश्चिम सरकारद्वारा २५ करोड निकासा

सुर्खेत । बाढी पहिरोलगायतका विपद व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले २५ करोड निकासा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले प्राकृतिक प्रकोप नियन्त्रणका लागि विपद व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले निकासा गरेको बजेट प्रदेशस्थित प्रत्येक जिल्लाको विपद व्यवस्थापन कोषमा बाँडफाँड गरेर पठाइने एक मन्त्रीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि परिरहेको वर्षाले कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ लगायतका जिल्लाका विभिन्न ठाउँमा बाढी, पहिरो गएको छ भने तराइ क्षेत्र डुबानमा परेको छ ।

Back to top button