खोलामा पौडि खेल्न गएका दाजु मृत भाई बेपत्ता

विराटनगर । मोरङ छैठ पर्व मनाउन मामा घरमा आएका दुई जना युवालाई खोलाले बगाउदा बेपत्ता भएका छन् । रंगेली नगरपालिका ७ बक्राह खोलामा नुहाउन गएका २ जना मध्ये एक जनाको भने मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

आज दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटु कुमार साह र १८ वर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुवी हराई बेपत्ता भएका थिए ।प्रहरी र स्थानियको टोलीले बिटुकुमारलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल लगेको थियो ।

अस्पतालमा पुर्यानसाथ चिकित्सकले उहाँलाई  मृत घोष्णा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपि जनार्धन जिसिले बताउनु भयो । वेपत्ता अर्का युवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उहाँहरु दाजुभाइ रहेको प्रहरीले जनाएको छ ।

Back to top button