मुख्यमन्त्री राइले आज विश्वासको मत लिदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदै हुनुहुन्छ । आज दिउसो १२:३० बजे बस्ने प्रदेशशभाको बैठकमा विश्वासको मत लिने उहाँको निजि सचिवालयले जनाएको छ ।

विश्वासको मत लिने पुर्व सन्धयामा सरकारका सहयात्री गठबन्धन दलहरूले मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत दिन सांसदहरूलाई ‘ह्वीप’ नै लगाएका छन् । विराटनगरको बिग होटलमा सांसदहरूलाई सोमवार भेला गरेर ह्वीप जारी गरेका थिए । तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएपछि गत कात्तिक १६ गते राई मुख्यमन्त्री बन्नु भएको थियो ।

नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री बन्नु भएको हो । प्रदेशको ५ दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् ।

९३ सदस्यीय प्रदेश सभामा हाल ९२ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद गठबन्धन दलसँग छन् ।

प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेसँग ४१ सांसद छन् । जसमा १ सभामुख र १ जना फरार भएका कारण अहिले एमालेसँग ३९ जना मात्रै रहेका छन् । राप्रपासँग पनि १ मत रहेको छ ।

Back to top button