सुनसरी ३ र ४ बाट एमाले महाधिवेशनका लागि प्रतिनिधि छनौट, बाँकीको पनि आजै हुने

विराटनगर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि सुनसरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि आज छनौट गरिएको छ ।

जस अनुशार सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ र ४ को प्रतिनिधि चयन सम्पन्न भएको छ भने निर्वाचन क्षेत्र १, २ र दलित क्षेत्रको पनि सर्वसहमतिमा चयन गर्ने प्रयास भइरहेको छ ।

क्षेत्र नम्बर ३ बाट लिलम बस्नेत, सागर सुवेदी, भुवन पोखरेल, खड्गनारायण उराउँ, रामदेव यादव, भूमिनारायण चौधरी, दुर्गी सर्दानी, निर्मल काफ्ले र सञ्जुला गुरुङ्ग चयन हुनुभएको छ ।

यस्तै क्षेत्र नम्बर ४ बाट निलम खनाल, बद्रीनाथ घिमिरे, कालुराम गुरुङ्ग, ललितबहादुर थापा, लस्करी अन्सारी, अजय कुसियैत, कौशिल्या माझी, शकुन्तला भण्डारी र होमकुमारी श्रेष्ठ चयन हुनुभएको छ ।

नेकपा एमाले सुनसरीको प्रचार विभाग प्रमुख रवि खनालका अनुशार बाँकी रहेका क्षेत्र १, २ र दलित क्षेत्रको पनि आजै चयन हुने बताउनुभयो ।

Back to top button