मोरङ ६ ख मा १८ वर्षीया रक्षा कांग्रेस प्रदेश प्रतिनिधिमा चयन

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन हुनुभएको छ । १८ वर्ष रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिनुभएको हो ।

लामो समय राजनितिमा सक्रिय रहेकाहरुको बिच प्रतिष्पर्धा भइरहेका बेला १८ वर्षीया किशोरीलाई सर्वसहमतमा प्रतिनिधि चयन गरेर युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको नेपाली कांग्रेस विराटनगर महानगरका सह सचिव दिवस नेपालले बताउनुभयो ।

प्रतिनिधि चयन भएपछि रक्षाले राजनितिमा विभिन्न बिकृतिहरु बढ्दै गएको टुलुटुलु हेर्न नसकेपछि आफु सक्रिय राजनीतिमा आएको प्रतिकृया दिनुभएको छ ।

अहिलेको नेतृत्वबाट देशको विकास हुने छाँटकाँट नभएपछि खबरदारी गर्नका लागि युवा पुस्ता राजनीतिमा आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन हुनुभएको हो । अन्य प्रतिनिधिका उम्मेदवारहरु बिच निर्वाचन भइरहेको छ ।

Back to top button