माओवादीको वडा सम्मेलन बाट नयाँ नेतृत्व चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ।

वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरेको छ ।

वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय नेताहरुको भनाइरहेको छ ।

माओवादी केन्द्रले शनिबार वडा सम्मेलन गरेको थियो।

प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसकेको र आइतबारसम्म सबै वडामा नयाँ नेतृत्व चयन हुने माओवादीले जनाएको छ ।

माओवादीले शनिबार देशरभका छ हजार ७४३ वडामा सम्मेलन आयोजना गरेको थियो।

पछिल्ला समय साङ्गठनिक सुदृढीकरणमा जुटेको माओवादीले मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ। यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ।

Back to top button