प्रदेश १ एक–दुई स्थानमा हल्का वर्षा ,उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावना

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

Back to top button