
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृत भेटिनेमा आमा र दुई छोराछोरी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उहाँकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइँमा लडेको अवस्थामा भेटिनु भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको सर्लाहि प्रहरीले जनाएको छ । तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको छ ।