
चितवन । नेकपा (एमाले)का नेता महेश बस्नेतले पदाधिकारीमा सर्वसम्मत गर्दा आफू नअटेको प्रतिक्रिया दिनुभएको छ ।
सचिवमा उम्मेदवारी दिने घोषणा गर्नुभएका उहाँले दशौं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको पदाधिकारी समेटिएका छैनन्।
ओलीका विश्वास पात्रको रुपमा लिइने बस्नेतले पदाधिकारीमा सर्वसम्मत गर्दा आफू नअटेको बताउनुभएको छ । उहाँले भन्नुभयो‚ ‘योगदानअनुसार सचिव हुन्छु जस्तो लाग्थ्यो तर पार्टीमा सर्वसम्मत गराउँदा अटाउन सकिनँ।’
बस्नेतले आफू सचिव भएको भए पार्टीको स्पिड बेग्लै हुने बताउनुभएको छ । ‘यदि म सचिव भएको भएँ पार्टी १२० को स्पिडमा चल्थ्यो‚’ उहाँले भन्नुभयो‚ ‘अब अलि स्पिड कम हुन्छ।’